काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले भोली बिहान नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी गर्नुभएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ’, ।