काठमाडौं — स्वास्थ्य मन्त्रालयका अनुसार आज नेपालमा थप ३ सय ३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ८० हजार २८ पुगेको छ । हाल देशभर २ हजार ९ सय ६१ जना सक्रिय सङ्क्रमित रहेका छन् । मन्त्रालयका अनुसार आज कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ४० पुगेको छ ।
आज १ सय ४१ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७४ हजार २७ पुगेको छ ।