काठमाडौं — स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर थप २ सय ८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ । देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ३८ पुगेको छ ।
मन्त्रालयका अनुसार आज थप १ सय २७ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७३ हजार ७ सय ३५ पुगेको छ । हाल देशभर २ हजार ६ सय १५ जना सक्रिय सङ्क्रमित रहेका छन् । आज देशभर ४ हजार ७१ जनाको पीसीआर परीक्षण गरिएको छ ।