काठमाडौं — नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पनि कारबाही गर्ने भएको छ । माओवादी केन्द्रले राष्ट्रियसभाका सांसद समेत रहेका गृहमन्त्री बादललाई कारवाहीको पत्र तयार गरेको हो ।
नेकपा माओवादीले आजै सो पत्र संसद सचिवालयमा दर्ता गराउने तयारी गरेको समेत स्रोतले जानकारी दिएको छ । यसैगरी अर्का सांसद चन्द्रबहादुर खड्कालाई पनि कारबाहीसहित स्पष्टिकरण माग्ने माओवादी केन्द्रले तयारी गरेको छ । यसअघि माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा रहेका ४ जना प्रतिनिधिसभाका सांसदहरुलाई पदमुक्त गरेको थियो ।