काठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप ३ सय ३९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज देशभर ४ हजार १ सय पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएको थियो । जसमध्ये पीसीआरबाट २ सय ९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
देशभर २ हजार २ सय १ सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये संस्थागत आइसोलेसनमा ७ सय ६० र होम आइसोलेसनमा १ हजार ७ सय ४१ जना रहेका छन् । ६५ क्वारेन्टिनमा रहेका छन् भने ६५ जना आइसीयू र १३ जनालाइ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
आज देशभर ७४ जना कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।