काठमाडौं —पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घको नेतृत्वका लागि आज देशभरका १३ हजार १ सय २२ पत्रकारहरुले मतदान गरेर नेतृत्व चयन गर्दैछन् । पत्रकार महासङ्घको केन्द्रीय अध्यक्ष पदमा विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्रसिंह बुढाथोकीले उम्मेदवारी दिएका छन् । मूल नेतृत्व चयनका लागि तीनजना मध्ये एकजनालाई छान्नुपर्नेछ ।

विगतमा पार्षदमार्फत मतदान हुने भएकाले उम्मेदवारहरूलाई भोट माग्न र नतिजाको पूर्वानुमान गर्नसमेत सजिलो थियो । तर, यसपटक देशैभरिका १३ हजार पत्रकारले जिल्ला–जिल्लाबाटै प्रत्यक्ष मतदान गर्ने भएकाले यो चुनाव निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ ।

महासङ्घका पदाधिकारी एवं सदस्यहरुको निर्वाचनका लागि कुल ९७ बुथमा निर्वाचन तोकिएको छ । ७७ जिल्लाका सम्बन्धित जिल्ला शाखाबाट मतदान हुनेछ । ४२ वटा प्रतिष्ठानका सदस्यले विभिन्न १९ स्थानबाट मतदान गर्नेछन् भने एसोसियटका सदस्यहरुले दशरथ रङ्गशालाको कभर्ड हलबाट मतदान हुनेछ ।

प्रत्यक्ष प्रणालीबाट महासङ्घको चुनाव हुँदै गर्दा भोट माग्नका लागि उम्मेदवारहरूको दौडधूप निकै नै बाक्लो देखियो । तर, चुनावी मुद्दा अर्थात एजेण्डाहरुका विषयमा भने कमै बहस भएको पाइयो ।

नागरिक अधिकार महासङ्घको एउटा प्रमुख एजेन्डा, पत्रकारहरुको व्यवसायीकरणमा पनि जोड पत्रकारिताको व्यवसायीकरण भनेर हामी कुनै निचोडमा पुुग्न सकेनौँ, अब पत्रकारहरुको व्यवसायीकरणमा लागि विभिन्न तालिम र अवसरहरू दिइनेछ ।

अर्को, सङ्घीयताको लाभ पत्रकार र सञ्चारगृहले हासिल गरेका छैनन् । अहिले पनि सूचना विभागको कार्ड बनाउन सङ्घीय कार्यालय धाउनुपर्ने अवस्था छ । यसबाट मुक्त गर्दै पालिकास्तरबाटै पत्रकारिता क्षेत्रले लाभ लिने अवस्था सुनिश्चित गर्न जरुरी छ ।

त्यस्तै पत्रकारको सामाजिक सुरक्षाको कुरा, पत्रकारको स्वास्थ बिमाको कुरा र श्रमको उचित अभ्यासको कुरा हाम्रो प्राथमिकतामा हुन्छन् र यहीअनुसार काम गर्छौं ।

महासंघको चुनावमा राजनीतिकमात्रै नभएर अन्य स्वार्थ समूहको इन्ट्रेस्ट पनि देखिन्छ । तर, यसलाई हामीले ती स्वार्थहरुलाई निर्णय प्रक्रिया र नीति निर्माण प्रक्रियामा प्रवेश गर्न दिनहुन्न भनेर संकल्प गर्नुुपर्छ ।

अहिले मिडियाले फड्को मारिसकेको छ । ठूला मिडिया हाउसको मात्र पहुँच छ भन्ने अवस्था छैन । अहिले साना स्वरोजगारमूलक मिडिया पनि आएका छन् । त्यसको प्रवद्र्धन कसरी गर्ने त भन्ने बारेमा पनि पत्रकार महासङ्घले सोच्न जरुरी छ । उनीहरुलाई कसरी आत्मनिर्भर गराउने र त्यहीँभित्र पत्रकारहरुको व्यावसायिकता खोज्ने गराउनुपर्छ ।

वर्तमान परिवेशलाई चित्रण गर्दा सोसल मिडिया हावी भएको छ । हामीले पत्रकारितालाई कसरी व्यवसायिक बनाउने, यसमा पनि चुनौती छ । पत्रकारमा व्यावसायिकता फस्टाउन सक्दैन भने पत्रकारितामा पनि व्यावसायिकता फस्टाउन सक्दैन । त्यसलाई तालिममार्फत अझ राम्रो बनाउन राज्यले नै लगानी गरेर राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान खोल्नुपर्छ, जसलाई पत्रकार महासंघले संयोजन गरेर एउटा तालिम संस्थाको रुपमा विकास गर्नुपर्छ ।

अर्कोतिर चुनावका बेला व्यवसायिक पत्रकारहरुले महासंघलाई हाम्रो संस्था भनेर नमान्ने अवस्था पनि छ, व्यवसायिक पत्रकारलाई नै नेतृत्वमा छान्यो भने उनीहरुले पनि आफ्नो संस्था भन्ने भावनाबाट अगाडि बढाउनुपर्छ जस्तो लाग्छ ।

प्रत्यक्ष निर्वाचन प्रणाली आएपछि अहिले सिन्डिकेट हटेको छ । यो निर्वाचनमा पत्रकारहरुले आफ्नो मताधिकार सही ढंगले प्रयोग गर्नुप¥यो । सक्षम र सवल ब्यक्तिलाइ नेतृत्वमा पु¥याउनुप¥यो । अरुभन्दा महिला पनि अब्बल हुन्छन् भने महिला नेतृत्व नै किन नछान्ने ? सात दशकमा महिला माथिल्लो नेतृत्वमा पुग्न सकेका छैनन् भने यो इतिहास रच्ने मौका पनि हो ।