काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको तत्कालिक कार्यभार सरकार परिवर्तन गर्नु रहेको जानकारी दिनुभएको छ । आज रुकुम जाने क्रममा नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई विस्थापन र नयाँ सरकार गठनका लागि दलहरुबीच छलफल भइरहेको जानकारी दिनुभएको छ ।
उहाँले नेपालको राजनीति आफ्नो एजेन्डाभन्दा बाहिर नगएको समेत जानकारी दिनुभएको छ । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिले पनि नेपालको राजनीति हाम्रो एजेन्डाभन्दा बाहिर गएको छैन । हामीले सरकार परिवर्तनलाई तत्कालिक कार्यभार बनाएका छौ र त्यो प्रक्रियामा छलफल चलिरहेको छ’,। अध्यक्ष प्रचण्डले सरकार परिवर्तनपछि पार्टी सुदृढ गर्ने अभियानको क्रमलाई प्राथमिकतामा राखिएको समेत बताउनु भएको छ ।