काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज २ सय ६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ । मन्त्रालयका अनुसार आज थप ४ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ ।
मन्त्रालयका अनुसार आज थप १ सय २ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ३ सय ४२ पुगेको छ । हाल देशभर १ हजार ८ सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।