काठमाडौं — गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले सहकारीका अध्यक्ष श्रेष्ठलाई चितवनबाट पक्राउ गरेर ल्याएको ललितपुरकी एसएसपी किरण बज्रचार्यले जानकारी दिएकी छिन् ।
गुडविल बचत तथा ऋण सहकारीको करिब ७० करोड र विभिन्न व्यक्तिबाट अध्यक्ष श्रेष्ठले करिब २ अर्ब ठगी गरेको आरोपमा प्रहरीले केही समय अघिदेखि नै श्रेष्ठमाथि अनुसन्धान गरिरहेको थियो । आफु अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए । ठगी मुद्दामा उनलाई म्याद थप गर्नको लागि ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ ।