काठमाडौं — नेकपा एमालेको खनाल–नेपाल पक्षीय काठमाडौं जिल्लास्तरीय भेला सुरु भएको छ । शनिबार सम्पन्न खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठकले देशभर नै भेला, गोष्ठी तथा प्रशिक्षण अभियान चलाउने, पार्टी मातहतका कमिटीहरूको बिस्तार र पुनर्गठन गर्ने निर्णय गरेको थियो । यसै निर्णय अनुसार आज काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित यस भेलालाई झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य लगायतले सम्बोधन गर्दैछन् ।