काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार शुक्रबार तोलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा नै कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैबीच आज चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । शुक्रबार तोलामा १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा नै कारोबार भइरहेको छ ।