काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफ्नो राजीनामा आइहाल्ने घोषणा गरेका छन् । बालुवाटारबाट देशभरका १ सय ६५ सडक सञ्जालको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई पहिले समर्थन फिर्ता लिन चुनौति दिएका हुन् ।
प्रधानमन्त्री ओलीले— ‘राजीनामा त माग्या माग्यै छन्, मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छु नि समर्थन फिर्ता गर न’ भनेका छन् । ओलीले काठमाडौँमा बढी बिक्ने भनिएका राष्ट्रिय अखबारले मेलम्चीको पानी आएको समाचार नदिने तर प्रधानमन्त्रीको राजीनामा मागियो भनेर हेडलाइन बनाउने गरेको भन्दै आक्रोश पोखेका छन् ।