काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो भृकुटीमण्डपदेखि मेलम्ची खानेपानीको वितरणको उदघाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुृर देउवा पनि अतिथिका रुपमा सहभागि हुनुभएको छ ।
खानेपानी मन्त्रालयले आयोजना गरेको पानी वितरण उदघाटन कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री र विपक्षी दलका नेताहरु पनि सहभागी हुन लागेका हुन् ।
आज दिउँसो २ बजे हुने यस क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा खोल्ने पानी वितरणको औपचारिक शुरुवात गर्ने मन्त्रालयले जानकारी दिएको छ । त्यससँगै राष्ट्रपति भण्डारीले पानीको जेट स्वीच खोल्ने कार्यक्रम पनि रहेको छ । कार्यक्रममा मेलम्ची आयोजनाको भिडियो क्लिप देखाइनुका साथै सांस्कृतिक प्रदर्शनीसमेत हुने खानेपानी मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
मेलम्ची आयोजनाको खानेपानी वितरणको उदघाटन कार्यक्रममा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले सम्वोधन गर्ने मन्त्रालयले जानकारी दिएको छ ।