काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै नेकपा एमाले नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गर्नु भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई ६ महिनाको लागि निलम्बन गर्नु भएको हो । यसअघि अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गर्नु भएको थियो ।