काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा सुरु भएको छ । उक्त बैठकमा सरकारलाई दिएको समर्थन फिर्तालिने बारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।
यस बैठकमा नयाँ सरकार गठनका बारेमा दलहरुबीच भइरहेको संवादको प्रयास, नेकपा फैसलामा माओवादीले गरेको पुनरावलोकन जस्ता विषयमा समेत छलफल हुने स्थायी समिति सदस्य लीलामणि पोखरेलले जनाकारी दिनुभएको छ ।