काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज नेपालमा १ सय ६२ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ । मन्त्रालयका अनुसार देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको सङ्ख्या ३ हजार ३० पुगेको छ ।
मन्त्रालयका अनुसार आज ५९ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७२ हजार ७ सय ८६ पुगेको छ । हाल देशभर १ हजार ४ सय ९३ जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा ३ हजार ९ सय १९ पीसीआर परीक्षण भएको छ ।