काठमाडौं – नेकपा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल समूहले आफू पक्षको भेला बोलाएको छ । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाल र भीम रावललाई ६ महिना निलम्बनको घोषणा गरेपछि आफू पक्षको रणनीति बनाउन भेला बोलाएको हो ।
भेलामा माधब कुमार नेपाल र झलनाथ खनाल निकटका स्थायी समिति सदस्यका साथै सांसदहरुको सहभागिता रहने एक नेताले जानकारी दिएका छन् । नेपाल–खनाल समूहले भेला बोलाएको स्थान भने गोप्य राखेको छ ।
प्रधानमन्त्री ओलीले पार्टी विरोधी गतिविधि गरे थप कारबाहीको चेतावनी समेत दिएको सन्दर्भमा नेपाल समूहले भेला आह्वान गरेको हो । संस्थापन पक्षको कारबाहीको घोषणालगत्तै नेपाल समूहले कडा आपत्ति जनाएको छ भने ओली समूहले कारबाहीलाई स्वाभाविक रहेको प्रतिक्रिया दिएको छ ।