काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि त्यसको प्रतिवादमा थप रणनीति बनाउन नेपाल र झलनाथ खनाल पक्षका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्दैछन् । आज दिउँसो १२ बजे उनीहरु छलफलमा बस्ने भएका छन् । छलफलको स्थानबारे भने अझै जानकारी गराइएको छैन् ।
आजको छलफलमा वार कि पारमै केन्द्रीत हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् । नेपाल र रावललाई देश, जनता र पार्टीविरुद्ध आपराधिक गतिविधि गरेको आरोपसहित सोमबार ओलीले ६ महिनाका लागि निलम्बनको पत्र काटेका थिए । तर उनले सच्चिएर आए निलम्बन अवधि कम गर्न सकिने समेत पत्रमा उल्लेख गरेका छन् ।