काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज थप १ सय ४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको छ ।
मन्त्रालयका अनुसार आज ८२ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७२ हजार ६ सय १२ पुगेको छ ।
हाल देशभर १ हजार ३ सय ४१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । आज नेपालमा ३ हजार १ सय २२ पीसीआर परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार आज नेपालमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको सङ्ख्या ३ हजार २७ पुगेको छ ।