काठमाडौं – सरकारले देशभरका विद्यालय ४ दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषण नियन्त्रणमा नआएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय ४ दिन बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
यसअघि सोमबार नै बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले वायु प्रदूषण नियन्त्रणमा नआए केही दिन विद्यालय बन्द हुन सक्ने जानकारी दिनुभएको थियो ।
काठमाडौं उपत्यकामा केही दिन यता वायु प्रदुषण उच्च रुपमा बढेको छ । देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेको हो । गत शुक्रबार यता उपत्यकामा वायु प्रदूषण निक्कै बढेको छ । पानी नपरेसम्म प्रदूषण नियन्त्रण नहुने जल तथा मौसम विज्ञान विभागको मौस पूर्वानुमान महाशाखाले जनाएको छ ।