काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । माओवादी केन्द्र नेकपाको एकता खारेज गर्ने सर्वोच्चको फागुन २३ गतेको फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारीमा रहेका छन् । त्यसअघि दुई नेताबीच कोटेश्वरस्थित एक निजी घरमा भेट भएको स्रोतले बताएको छ । भेटमा समयसामयिक विषयका बारेमा कुराकानी भएको नेताहरुले जानकारी दिएका छन् ।