काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरेको एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्कासहित परिचालित हुन नसक्ने वरिष्ठ नेता झलनाथ खनालले बताउनु भएको छ ।
दलका नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नेता खनालले २०७५ जेठ २ को अगाडिकै अवस्थामा एमाले सञ्चालन हुनुपर्ने बताउनु भएको छ ।
खनालले भन्नुभयो ‘यो भन्दा अगाडि गरिएका निर्णयहरु फिर्ता लिएर जेठ २ गते पुग्ने अवस्था सिर्जना नगरिए पार्टी एकढिक्का सहित परिचालित हुन सक्दैन’, । खनालले आफ्नो कुरा राखेर उक्त बैठकबाट बाहिरिनु भएको छ ।
बरिष्ठ नेता खनाल र नेपाल समूहका अन्य सांसद भने बैठकमै रहेका छन् । २३ फागुनको सर्वोच्च अदालतको फैसला पछि पहिलो पटक यो समूह ओलीले बोलाएको बैठकमा सहभागी भएका छन् ।