काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आफूहरुको मागप्रति सकारात्मक रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभएको छ । उहाँले मधेशको मुद्दामा प्रधानमन्त्री ओलीसँग सकारात्मक कुरा भएको बताउनु भएको छ ।
आज प्रदेश नम्बर २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको होली मिलन समारोह कार्यक्रममा अध्यक्ष ठाकुरले कतिपय मुद्दाहरु जिल्ला अदालत, कतिपय उच्च र कतिपय सर्वोच्चमा रहेकाले यस विषयमा महान्यायाधिवक्ताको कार्यालयसँग राय मागिएको समेत जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको मागलाई गम्भीरतापूर्वक लिएर केही कार्यहरु अगाडि बढाइसकेको ठाकुरले बताउनु भएको छ । प्रधानमन्त्रीसँग पटक–पटक भएका वार्ता सकारात्मक रहेकोले आफूहरुको माग सम्बोधन हुनेमा विश्वस्त रहेको उहाँले बताउनु भएको छ ।