काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । बैठकमा पार्टी नेतृत्वले ४ जना नेतालाई सोधेको स्पष्टीकरण र आगामी रणनीतिबारे छलफल हुने एक नेताले जानकारी दिएका छन् ।
अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुको मात्र उपस्थिति रहेको चैत ७ को केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
नेता नेपाल र रावलले बिहीबार नै जवाफ पठाइसकेका छन्, भने दुई नेताहरुले भने जवाफ दिन बाँकी नै रहेको छ । केन्द्रीय सदस्यहरुको बैठकपछि सांसदहरुको बैठक बस्नेछ । आज ३ बजे बोलाइएको संसदीय दलको बैठकमा जाने नजाने छलफल हुने एक सांसदले जानकारी दिएका छन् ।