काठमाडौं – प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतको पिएसओको दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडकमा एक ट्रकले ठक्कर दिँदा मुख्यमन्त्री राउतको पिएसओको घटनास्थलमै ज्यान गएको हो ।
धनुषाको मिथिला नगरपालिका –१० लालगढमा रहेको मोडल अस्पताल नजिक आज बिहान अन्दाजी ३ बजेको समयमा ट्रकले प्रहरी सहायक निरीक्षक मदनजंग कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरर्साइकललाई ठक्कर दिँदा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभएको छ ।
प्रहरी नायब उपरीक्षक मिश्रका अनुससार असई कापरको ड्युटी सकेर घर फर्कने क्रममा ट्रकले ठक्कर दिँदा मृत्यु भएको हो । मृतक असई कापरको शव जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको धनुषा प्रहरीलेजानकारी दिएको छ ।