काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले सत्ता साझेदारीका लागि एमाले र माओवादी केन्द्रसँग नियमित वार्ता गर्दै आएको छ । तर, ती वार्ताहरुमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र शीर्ष नेता डा. बाबुराम भट्टराई प्रायः सहभागी भएका छैनन् ।
बालुवाटार होस् या पेरिसडाँडामा, जहाँ भएता पनि अर्का जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको मात्रै उपस्थिति रहेको देखिन्छ । उनीहरु पटक–पटक एमाले र माओवादी केन्द्रसँग वार्ता गर्दै आएका छन् । पछिल्लो समय उनीहरु प्रधानमन्त्री ओलीसँग वार्ताका लागि बालुवाटार गएका थिए । त्यहाँ पनि अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई सहभागी भएका थिएनन् ।
तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर जसपा नेपाल बनेको हो । तर, अहिलेको वार्तामा पूर्वराजपा नेपालका नेताहरु बढी सक्रिय रहेको देखिएको छ । सरकार र पार्टीका तर्फबाट वार्ताका लागि गठन गरिएको कार्यदलमा पनि जसपा नेपालका तर्फबाट पूर्वराजपा नेपालकै दुईजना नेता लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला सहभागी छन् । जसपा नेपालको संसदीय दलको बैठकले एकजना सदस्य कार्यदलमा थप्ने निर्णय गरेको छ । तर, अझै त्यो कार्यान्वय भने हुन सकेको छैन ।
वार्ताका लागि गठन भएको कार्यदलमा रहेका लक्ष्मणलाल कर्णले अरु दिनको वार्तामा उनीहरु (उपेन्द्र पक्ष) किन गएनन् वा गए त्यो आफ्नो जानकारीमा नरहेको तर बालुवाटारमा भएको छलफलका लागि जानकारी गराए पनि शीर्ष नेताहरु नआएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, छलफल हुँदैछ, आउनका लागि उहाँहरुलाई पनि जानकारी गराइएको थियो । तर किन आउनुभएन थाहा भएन ।’

सरकारसँग वार्ताका लागि जसपा नेपालका तर्फबाट ५ जना पदाधिकारी अध्यक्ष महन्थ ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव, पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई, वरिष्ठ नेताहरु राजेन्द्र महतो र अशोक राईलाई जिम्मेवारी दिएको छ । तर, तीमध्ये अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो नै वार्तामा गएका छन् । शुरूका एक÷दुईटा वार्तामा उपेन्द्र यादव सहभागी भएका थिए । तर, त्यसपछि भएका विभिन्न वार्तामा ठाकुर र महतो मात्र सहभागी हुने गरेका छन् ।
सप्तरीमा रहेकी कार्यकारिणी समिति सदस्य रेणुले यादव विभिन्न पक्षसँग वार्ता गर्ने जिम्मेवारी ५ जना पदाधिकारीलाई दिएको तर अरु किन गइरहेका छैन, त्यो कुरा आफूलाई थाहा नभएको बताइन् ।
वार्ता गर्नको लागि सरकार र जसपा नेपालबीच ५ सदस्य कार्यदल पनि बनेको छ त्यसमा जसपाबाट दुईजना रहेका छन् । त्यसमा पनि सदस्य थपिने कुरा थियो, थप्यो कि थपेन त्यो पनि आफ्नो जानकारीमा नरहेको यादवले बताइन् । उनले भनिन्, वार्ता जसले गरे पनि पार्टीको लाइन भनेको माग पूरा भएपछि मात्र अन्य विषयमा कुरा गर्ने हो । संविधान संशोधन, झूटा मुद्दा फिर्ता, रेशम चौधरीलगायत बन्दीहरुको रिहाइ, नागरिकता लगायतको माग पूरा भएपछि मात्र अरु विषयमा कुरा हुन्छ ।’
वार्ताका लागि गठन भएको कार्यदलमा रहेका लक्ष्मणलाल कर्णले अरु दिनको वार्तामा उनीहरु (उपेन्द्र पक्ष) किन गएनन् वा गए त्यो आफ्नो जानकारीमा नरहेको तर बालुवाटारमा भएको छलफलका लागि जानकारी गराए पनि शीर्ष नेताहरु नआएको जानकारी दिएका छन् । उनले भने, छलफल हुँदैछ, आउनका लागि उहाँहरुलाई पनि जानकारी गराइएको थियो । तर किन आउनुभएन थाहा भएन ।’
कर्णले वार्ता सकारात्मकरुपमा अगाडि बढिरहेको बताउँदै जुन दिन माग पूरा हुन्छ, त्यो दिन मात्र वार्तालाई सफल मान्ने समेत बताएका छन् । ‘कुरा गर्दा ठिकठिकै हुन्छ, तर भएका कुरा पनि कार्यान्वयनमा आउँदैनन्, प्रधानमन्त्री केपी शर्मा ओलीले माग पूरा गर्छु भन्छन् तर गरेका छैनन्,’ कर्णले भने, ‘जुन दिन माग पूरा हुन्छ, त्यो दिनमात्र अरु विषयमा कुरा हुन्छ ।’