खोजअनुसन्धानका क्रममा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन भएको प्रमाण भेटिएपछि पुरातत्व विभागद्वारा उक्त क्षेत्रमा बिहीबार राखिएको ‘जियोफिजिकल सर्भे’ (भूभौतिकी सर्वेक्षण) यन्त्र । बेलायतस्थित दूरहाम विश्वविद्यालयको विज्ञ टोली र विभागका प्रतिनिधिले पाँचखाल–७ तथा वरपरको सम्पदा क्षेत्रमा पहिलो चरणमा जमीनमुनि केकस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन जियोफिजिकल गर्ने जनाइएको छ ।