साईपाल गाउँपालिकाको सहयोगमा साहारा नेपालको अयोजनामा जिल्लाको साईपाल गाउँपालिकामा पाईने विभिन्न किसिमका हिमाली जडिबुटीलाई कसरी व्यावस्थापन गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग छलफल गरिँदै । कार्यकममा यार्सागुम्बा, वनलसुन, सतुवाजस्ता महत्वपूर्ण जडिबुटी परिपक्व नहुँदै निकाल्दा बीउ उत्पादन नहुने, जथाभावी फोहरमैला फाल्ने, वनमा डडेलो लगाउने गरेका कारण जडिबुटी लोप हुन गएकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । –-रासस