काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यमा मन्त्रालयका अनुसार आज देशभर थप १ सय ४५ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोन सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ । मन्त्रालयका अनुसार आज थप १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार २० पुगेको छ ।
मन्त्रालयका अनुसार आज ९० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७२ हजार १ सय ८७ पुगेको छ । हाल देशभर १ हजार १ सय ८२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।