काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टी सभापतिले चैत २० गतेका लागि बैठक बोलाउन निर्देशन दिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो ‘महाधिवेशनकै विषयमा छलफल हुन्छ’ ।
कांग्रेसले भदौ ७÷१० गते महाधिवेशन गर्ने गरी कार्यतालिका तयार पारेको छ । अहिले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्याङ्क देशभरबाट केन्द्रमा पठाउने काम भइरहेको छ । कांग्रेस कार्यालयका मुख्यसचिव पौडेलले दिएको जानकारी अनुसार बुधबारसम्म ६९ जिल्लाबाट तथ्यांक इन्ट्री सुरु भएको छ र ४ लाखभन्दा बढी क्रियाशील सदस्यता वितरण तथा नवीकरण भएको छ ।