काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार आज नेपालमा थप १ सय ८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १९ पुगेको छ ।
मन्त्रालयका अनुसार आज थप ७७ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७२ हजार ९७ पुगेको छ ।
हाल नेपालमा १ हजार १ सय २८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । आज देशभर ४ हजार ३२ पीसीआर परीक्षण भएको छ ।