काठमाडौं – सत्ता समिकरणको दौडधुपमा लागेका जनता समाजवादी पार्टी (जसपा)का नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्नको लागि बालुवाटारमा पुगेका छन् ।
अध्यक्ष महन्थ ठाकुरसहित नेता सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मण लाल कर्ण बालुवाटारमा पुगेका छन् । जनता समाजवादी पार्टी (जसपा)ले जेलमा रहेका आफ्ना सांसद रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता र नागरिकताबारे संविधान संशोधनसहितका मुद्दा उठाउँदै आएको छ ।
प्रधानमन्त्री, माओवादी केन्द्र, नेपाली कांग्रेससँग पनि जनता समाजवादी पार्टी छलफलमा नै रहेको छ । यद्यपी निचोड भने निस्किएको छैन । यता जसपामा सत्ता साझेदारीलाई लिएर विभाजित भएको छ । ठाकुर र राजेन्द्र महतो ओलीलाई नै साथ दिनेमा लचक देखिएका छन्, भने बाबुराम भट्टराई र उपेन्द्र यादव कुनै पनि हालतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन नहुने अडिकमा रहेका छन् ।