काठमाडौं – नेपालमा आज थप ७७ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको छ ।
आज थप १ सय ६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७१ हजार ९ सय २१ पुगेको छ । हाल देशभर ९ सय ६९ जना सक्रिय सङ्क्रमित रहेका छन् । आज देशभर ३ हजार १ सय ८१ पीसीआर परीक्षण भएको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १६ पुगेको छ ।