काठमाडौं – २ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बंगलादेश जाने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारीहरु समेत रहका छन् ।
बंगलादेशमा राष्ट्रपतिको दुई दिने व्यस्त कार्यतालिका रहेको छ । राष्ट्रपति बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम रहेको छ ।
बंगलादेशले रहमानको सतवार्षिकी कार्यक्रम १ हप्तासम्म विभिन्न कार्यक्रमहरु गरि मनाउन लागेको छ । उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको नेपाल–बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम रहेको छ । त्यसैगरी राष्ट्रपति भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम पनि रहेको छ ।
त्यसैगरीे राष्ट्रपति विद्यादेवी भण्डारी समकक्षीले आयोगजना गर्ने रात्रिभोजमा सहभागी हुने छिन् । त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको सहिद स्मारिकको भ्रमण गर्ने कार्यक्रम रहेको छ । ढाकास्थित नेपाली दूतवास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची समेत रहेको छ । भण्डारीको भ्रमण दलमा एक सांस्कृतिक टोली पनि रहने छ ।