काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या भनि समाचार सम्प्रेषण गरेकोमा खनालको नीजि सचिवालयले आपत्ति जनाएको छ । खनालका स्वकीय सचिव कृष्ण भट्टराईले दिएको जमनकारी अनुसार पूर्वप्रधानमन्त्री खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य समस्यामात्रै देखा परेको अवस्था हो । ‘बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन । भट्टराईले भन्नुभएको छ, कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील कुराहरुमा सूचना सम्प्रेषण गर्नु भन्दा अगाडि परिवारसँग जानकारी लिने वा सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्न सबैमा सचेत गराइन्छ’, ।
‘यस्ता भ्रामक अफवाहमा आधारित समाचारहरु सम्प्रेषण गर्ने र प्रचार गर्ने कामप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ । तसर्थ उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको, पार्टी कमिटीका सम्पूर्ण कार्यक्रममा पनि सक्रियताका साथ लागिरहनु भएको हुँदा बाहिर आएको गलत सूचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय र शुभेच्छुक र शुभचिन्तकहरु सबैमा हार्दिक आग्रह गर्दछु’ स्वकीय सचिव भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ ।