काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दल र केन्द्रीय कमिटी दुवै बैठकमा माधवकुमार नेपाल समूहले सहभागिता नजनाउने निश्चित भएको छ ।

बैठक जुनसुकै स्थानमा भए पनि सहभागिता नजनाउने गरी नेता नेपालका तर्फबाट आग्रह गरिएको स्रोतले बताएको छ ।

ओलीले शनिबार बिहान ११ बजे संसदीय दलको बैठक र त्यसपछि केन्द्रीय कमिटी बैठक निर्धारण गरेका छन् ।

सर्वोच्च अदालतको आदेश विपरीत आफूहरुलाई ‘बाइपास’ गरी फागुन २८ गते गरेका निर्णय फिर्ता नभएसम्म ओलीले बोलाएका बैठकहरुमा सहभागी नहुन नेपालले निर्देशन हुन् ।

स्रोतका अनुसार नेता नेपालले एकतर्फी निर्णय नसच्चिएसम्म शनिबार ओलीले बोलाएका बैठकहरुमा सहभागी नहुन आफू पक्षीय सांसद र केन्द्रीय सदस्यलाई शुक्रबार नै निर्देशन दिएका थिए ।