काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर थप १ सय २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको छ ।
आज १ सय २३ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको कुल सङ्ख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको छ । हाल देशभर १ हजार १ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार १६ पुगेको छ ।