काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्ति गर्नु भएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको बालुवाटारस्थित स्रोतले जानकारी दिएको छ । रमेश बडालको आइतबार सपथग्रहण राखिएको छ । अग्नि खरेलले आज महान्यायाधिवक्ताबाट राजीनामा गरेसँगै रिक्त रहेको उक्त स्थानमा अधिवक्ता रमेश बडाललाई जिम्मेवारी दिइएको हो ।