काठमाडौं – काठमाडौंको कान्तिपथबाट एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा १ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गोरखपुर घर भई काठमाडौंको ठमेल बस्ने २२ वर्षीय दिलसाद आलम रहेका छन् ।
आज बिहान साढे २ बजे काठमाडौं महानगरपालिका–२६ कान्तिपथमा रहेको ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा उनी पक्राउ परेका महानगरीय प्रहरी वृत्त दरबारले जानकारी दिएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ ।