काठमाडौं — महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिनुभएको छ । महान्यायाधिवक्ता खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको राष्ट्रपति निकट स्रोतले जानकारी दिएको छ ।
उहाँले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी समेत गर्नुभएको छ । स्रोतका अनुसार प्रतिनिधिसभा विघटनको मुद्दा हारेपछि प्रधानमन्त्री केपी शर्मा ओली, खरेलसँग असन्तुष्ट थिए ।
पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ फागुन ८ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।