काठमाडौं – सरकारले नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि १० लाख रुपैयाँ दिने भएको छ । आज बिहान कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जोशीको उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भएको हो ।
नर्भिक अस्पतालका चिकित्सकले पोखरेललाई नेता जोशीकोे स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । गत फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखि उपचार भइरहेको छ । नेता जोशीको अवस्था गम्भीर रहेको र उनी कोमामा रहेका उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिनुभएको हो ।