काठमाडौं — आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यक्रमको सूचीअनुसार आजको बैठकमा पनि महत्वपूर्ण बिजनेस भने रहेको छैन ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदन –२०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन–२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
यसबाहेक नेपाली कांग्रेसका नेता २०५८ सालको राष्ट्रिय सभा सदस्य तथा संविधान सभा सदस्य अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव र अनुपस्थितिको सूचना प्रस्तुत हुने कार्यक्रम रहेको छ ।