काठमाडौं – नेपालमा आज थप १ सय ७ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज ५२ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७१ हजार ६ सय १० पुगेको छ । हाल देशभर १ हजार जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार आज थप १ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १५ पुगेको छ ।