काठमाडौं – राजधानीको भद्रकालीस्थित रहेको आर्मी अफिसर्स क्लबमा आगलागी भएको छ । काठमाडौं प्रहरी परिसर प्रमुख अशोक सिंहले केहीबेर अघि सुरु भएको आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिनुभएको छ ।
आर्मी अफिसर्स क्लबमा विद्युत सट भएका कारण आगलागी भएको प्रहरीले आशंका गरेको छ । दमकलको सहयोगमा आगगाली नियन्त्रणमा ल्याइएको हो । आगलागीका कारण सामान्य क्षति भएको प्रहरीले जानकारी दिएको छ ।