काठमाडौं — नेकपा एमालेको बालुवाटारमा बसेको संसदीय दलको बैठकले पार्टी बाहेक अरुकसैको निर्देशन नमान्न, गुटगत भेला नगर्न र पार्टी बाहेक अरुले बोलाउने भेलामा नजानको लागि सांसदहरुलाई निर्देशन दिएको छ ।
गुट भेलामा सहभागिहुनेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुनको लागि आह्वान गरिएको छ । तर, दलको बैठकको निर्णय नमाने कार्बाही प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिइएको छ । बैठकमा सहभागी एक सांसदले भने, ‘पार्टी निर्णय नमानेमा विधान अनुसार, स्पष्टिकरण र कार्बाहीको प्रक्रिया अगाडि बढाउने निर्णय समेत भएको छ’, । यता, आजकै बैठकले संसदीय दलको बोर्ड गठन र विधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।