काठमाडौं – नेकपा (एमाले) को संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । ११ बजे बस्ने भनिएको उक्त बैठक भर्खरै मात्र सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।
आजको यो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदहरु मात्र उपस्थित भएका छन् । यसअघि माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदहरु पनि बैठकमा उपस्थित हुने बताइएता पनि उनीहरु बीच बाट नै सो पक्षको राष्ट्रिय भेलामा सहभागी हुन फर्किएका थिए ।