काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठक आज बिहान ११ बजेपछि बालुवाटारमा बस्ने भएको छ । तर प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको पार्टीको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने जानकारी दिएका छन् ।
बुधबारदेखि सुरु भएको नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने जानकारी दिएका थिए । फागुन २८ गते गरेको निर्णय फिर्ता नभएसम्म प्रधानमन्त्री ओलीले बोलाएको कुनै पनि बैठकमा सहभागी नहुने नेता पाण्डेले बताएका छन् ।
यसैबिच नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज पनि हुँदैछ । भेलामा नेता माधवकुमार नेपालले बुधबार कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा सामूहिक छलफल भइरहेको छ । भेला बिहीबार नै सकिने छ ।