काठमाडौं – देशभर आज थप ९४ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७५ हजार ५ सय १८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज ५५ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । आजको यो सङ्ख्यासँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७१ हजार ५ सय ५० पुगेको छ ।
हाल देशभर ९ सय ५४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । मन्त्रालयका अनुसार आज कोरोना भाइरसका कारण कसैको पनि मृत्यु भएको छैन । हालसम्म देशभर कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १४ पुगेको छ ।