काठमाडौं — जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले चक्रवर्ती बादशाह जस्तै बन्ने सपना देखेको आरोप लगाउनु भएको छ । अध्यक्ष भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका सबै अङ्ग र श्रोत साधन कब्जा गर्न लागेको दाबी गर्दै उहाँले उक्त आरोप लगाउनु भएको हो ।
चक्रवर्ती बादशाह बन्ने सपनाबाट ओली पछि हट्ने कुनै पनि छाँटकाँट नदेखिएको भन्दै अध्यक्ष डा.बाबुराम भट्टराईले आज सामाजिक सञ्जालमा लेख्नु भएको छ – ‘राज्यका सबै अंग र साधन श्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफु चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्र संविधानको रक्षा गर्न चुक्यौँ भने हामी कसैलाई इतिहासले माफ गर्ने छैन ।’