काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार आज नेपालमा थप १ सय १४ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको छ ।
मन्त्रालयका अनुसार आज ९४ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७१ हजार ४ सय ९५ पुगेको छ ।
आज नेपालमा २ हजार ७ सय ९० पीसीआर परीक्षण भएको छ । देशभर ९ सय १५ सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १४ पुगेको छ ।